भकारे बस दुर्घटना उद्धार कार्यजारी, ३ को मृत्यु, २० भन्दा बढी घाईते

1163 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

asधादिङ, १४ जेठ – धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा पर्ने भकारेमा यात्रुवाहक बस पल्टिंदा कम्तिमा ३ जनाको ज्यान गएको छ । धादिङबेसी सल्यानटार सडक खण्ड अन्र्तगत ज्यामरुङको भकारेमा भएको सो दुर्घटनामा परि २० भन्दा बढी गम्भिर घाईते भएका छन । घाईतेहरुलाई उद्धार गरि उपचारका लागि धादिङबेसी ल्याईदैछ ।
धादिङबेसीबाट त्रिपुरासुन्दरी गाउँ पालिकाको खहरेका लागि छुटेको यात्रुबाहक बस भकारे नजिकै विग्रिएपछि सो बसमा रहेका यात्रुलाई गन्तव्य सम्म लैजान प्रयोग गरिएको ग १ ख ३४०५ नम्बरको बस ३० भन्दा बढी यात्रुृ लिएर चलेको केही बेरमै अनियन्त्रित भई सडक भन्दा २ सय मिटर तल खसेको स्थानीयले वताएका छन ।
सांझ पौने ६ वजे तिर भएको सो दुर्घटनामा परि घाईते भएकाहरुको उद्धार कार्य राती ८ वजे सम्म पनि जारी रहेको उद्धारमा संलग्न स्वास्थ्यकर्मी कुवेर धरेलले जानकारी दिनु भयो । दुर्घटनाको खबर आएपछि स्थानीयवासीले उद्धार शुुरु गरेको थिए । सदरमुकाम धादिङबेसीबाट गएको नेपाल प्रहरी,शशस्त्र प्रहरी र रेडक्रसको उद्धारटोली सांझ ८ वजे तिर घटनास्थल पुगेको थियो । घाईतेहरुलाई घटनास्थलबाट उद्धारगरी उपचारका लागि धादिङबेसी ल्याईदैछ । रात बढ्दै गएकाले उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरुले वताएका छन । उद्धार कार्य जारी रहेकाले क्षतीको बिस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।