धादिङमा बस दुर्घटना ४ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने-गम्भिर घाइते ८ जनालाई थप उपचारका लागी काठमाडौं पठाइयाे

1211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bus-accident_dhading--5--28052017093126-1000x0 asनीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा पर्ने ज्यामरुङको गोलाभन्ज्याङ नजिकै भकारेमा भएको बस दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ ।  गोला भन्ज्याङबाट त्रिपुरेस्वरको खहरे बजारका लागि छुटेको  ग १ ख ३४०५ नम्बरको बस भकारेमा दुर्घटनामा परेको हो ।

स्थानीयबासीका अनुसार बस सडक बाट  २ सय मिटर भन्दा तल गुल्टिंदै गएको थियो । दुर्घटना स्थल नीलकण्ठ नगरपालिका भित्रै परेपनि कच्चि बाटो भएका कारण दुर्घटना स्थलमा समयमै प्रहरी र उद्धारकर्मी पुग्न ढिला भएपछि स्थानीयले घाईतेहरुको उद्धार गरेका थिए । उद्दारमा संलग्न त्रिपुरासुन्दरी गाउँ पालिका खहरेका स्वास्थ्यकर्मी  कुबेर धरेलका अनुसार १३ जना घाइतेको उद्दार गरिएको छ ।

सदरमुकामदेखी ४ बजे छुटेको उक्त रुटमा चल्ने यात्रुवाहक बस १७ किमी टाढाको भकारेमा बिग्रेर थन्केको कारण अलपत्र यात्रुलाई गन्तव्यमा पुर्‍याउन गाडी मालिकले उक्त बस वोलाएको वताईएको छ । खहरे बजारस्थित बोर्डिङ्गको  बसमा छतमा सामान बाँध्ने क्रममा रोकेर राखेको बस ओरालोमा गुडेर दुर्घटना भएको बताइएको छ ।

सदरमुकाम देखि १७ किमी मात्रै टाढा रहेको उक्त बस ६ बजे  दुर्घटना भए पनि  घाइतेलाई एम्बुलेन्सको अभावमा राती साढे ८ बजेसम्म अस्पताल ल्याउन सकिएको थिएन । जिल्ला  प्रहरी नायव उपरिक्षक दिपेन्द्रसिंह पंन्जियारका  अनुसार १७ जना घाईतेलाई जिल्ला अस्पताल ल्याई गम्भीर घाईते ८ जनालाई थप उपचारका लागी काठमाडौं पठाइएको छ । र उनले ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–७ निवासी ६२ वर्षीय पुणदेवी पाण्डे बाहेक अरुको सनाखत हुन सकेको छैन ।५ जना बच्चा सहित बसमा ३६ जना सवार रहेको बसमा सवार थिए । काठमाण्डौबाट खहरेको लागि छुटेको बस भकारेमा विग्रिएपछि खहरेकै स्कुल बस बोलाएर जानको लागि बस चढ्दै गर्दा ओरालोमा रोकेको बस आफै गुडेर दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यात्रुहरुका अनुसार बसमा ५ जना बालबालिका सहित ४१ जना सवार थिए ।

जिल्लामा आइतवार एउटा पनि एम्बुलेन्स नभएपछि घाइतेलाई ओसार्न र काठमाडौं लैजान कठिनाई भएको थियो । दुर्घटना भएपछि जिल्ला अस्पतालले राजमार्गका ८ वटा एम्बुलेन्स  वोलाएको थियो । जिल्लाका विभिन्न स्थानबाट एम्बुलेन्स घटनास्थल पुग्न ढिलाई हुंदा घाईतेहरुलाई समयमै अस्पताल ल्याउन नसकिएको जिल्ला अस्पतालले जनाएको छ ।