धादिङको सिम्लेमा माइक्रोको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, आक्रोशित स्थानीयले माईक्रो जलाए

986 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Accident--3--06062017050503-1000x0Accident--5--06062017050504-1000x0
धादिङ,२३ जेठ : बुटवलबाट काठमाण्डौं आउँदै गरेको माइक्रोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सिम्लेमा बटुवालाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन । अत्याधिक गतिमा रहेको माइक्रोले बाटोमा हिँडिरहेकी बन्दना परियारलाई ठक्कर दिंदा उनको घटनास्थलमानै ज्यान गएको थियो । यसैगरी घाइते भएकी गंगा थापाको पनि उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले  जनाएको छ । सोही दुर्घटनामा परि घाईते भएकी स्थानीय सुष्मा थापालाई उपचारको लागि राजधानीको नर्भिक अस्पताल लगिएको छ ।
ठक्करपछि उत्तेजित हुन पुगेको स्थानीयको भीडले चालकसहित माइक्रोलाई आगजनीको प्रयास गरेका थिए । तर प्रहरीले चालकलाई निकालेको थियो । पछि भीडले माइक्रोमा आगजनी गरेका छन । दिउँसो २.४५ वजे तिर भएको सो दुर्घटना पश्चात आक्रोशित स्थानीयले अहिले राजमार्ग अवरुद्ध गरेका छन । काठमाडौंबाट छुटेका र राजधानी भित्रने कैयौं गाडीका यात्रु पृथ्वीराजमार्गको सिम्ले आसपासका क्षेत्रमा अलपत्र परेका छन ।  माईक्रोका चालक भुपराज डुम्रे प्रहरीको नियन्त्रणमा छन ।