सुष्मा थापाको निधनले प्रेस युनियन धादिङ स्तव्ध

1131 पटक पढिएको

२८ जेष्ठ २०७४, आईतवार १०:१० सम्पादक: धादिङ न्यूज

Accident--5--06062017050504-1000x0धादिङ–जेठ २३ गते पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेमा भएको सवारी दुर्घटनामा परि दिवंगत भएकाहरु प्रति नेपाल प्रेस युनियन धादिङले शोक व्यक्त गरेको छ । सडक किनारमा हिँडिरहेको अवस्थामा बसको ठक्करबाट घाइते हुनुभएका नेपाल प्रेस युनियनका सदस्य एवम् नेपाल ट्रेड युनियन काँग्रेस धादिङका उपाध्यक्ष राजु थापाको जीवन संगिनी सुष्मा थापाको नर्भिक अस्पतालमा उपचारको क्रममा शनिवार विहान असमायिक निधन भएपछि युनियनले आंफु स्तव्ध भएको जनाएको छ ।
दुई छोरी र एक छोराका आमा सुष्मा थापाको मृत्युले थापा परिवारमा अर्को शोक थपिएको छ । सिम्लेमा भएको दुखद् घटनाले सबैलाई दुखित बनाएको युनियनका जिल्ला अध्यक्ष पोषनाथ अधिकारीद्धारा जेठ २७ गते जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । ‘यस दुखद् घडीमा दीवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ’ अध्यक्ष अधिकारीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।
सोही दुर्घटनामा परि राजु थापाको भाइ बुहारी गंगा थापाको सोही दिन उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा बाटोमै मृत्यु भएको थियो भने स्थानीय वन्दना परियारको पनि घटनास्थलमानै ज्यान गएको थियो ।  २०७४ जेठ २३ गते भैरहवाबाट काठमाण्डौँका लागि छुटेको लु १ ज २६७४ नम्बरको माईक्रोले  पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका तीनै जनाको ज्यान गएको हो । दुर्घटनापश्चात आक्रोशित स्थानीयले माईक्रो जलाईदिएका थिए ।