धादिङबेसीमा मध्यरातमा आगलागी

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18953094_10207540844599567_6068537055625723723_nधादिङ, जेठ २९ – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको पुछारवजार स्थित एक फेन्सी पसलमा मध्यरातमा आगलागी भएको छ ।  पुछारबजारका शिवकुमार श्रेष्ठको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ । श्रेष्ठको घर भाडामा लिएर आमिना मियाले कस्मेटिक पसल चलाउँदै आएका थिए ।घरको वरीपरी भर्खरै बन्दै गरेको घर भएका कारण आगो धेरैतरि फैलिन नपाएकाले चाँडै नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पन्जियारले जानकारी दिनुभयो ।

घरमा रहेको कस्मेटिक पसल तथा फर्निचर सबै नष्ट भएको प्रहरीले जनाएको छ । बारुण यन्त्र, प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागी पछि स्थानीयवासी आतंकित हुन पुगेका थिए ।