मकवानपुरको हात्तिसुडेमा करेन्ट लागेर १ जना घाइते

901 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20170620_093507मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा  करेन्ट लागेर एक जना घाइते भएका छन । हेटौडा उपमहानगर १८ बस्ने २९ वर्षिय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि हेटौडा रिफर गरीएको छ । धरान चतरा सडक खण्डको बकैया ४को पाङ्धुरेमा पर्ने उक्त पसडक सुचारु छैन भने बैकल्पीक सडकको रुपमा प्रयोग गरिदा उक्त दुर्घटना भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका हेल्थ असिसटेन्ट दिनेश गुप्ताका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक छ । बसको हुटमा बसेर यात्रा गर्ने क्रममा तार पन्छाउदा करेन्ट लागेको विद्युत प्राधिकरणका छतिवनका केदार लामीछानेले बताउनुभयो ।