पत्रकार महासंघको अध्यक्षमा तीनजनाद्वारा उम्मेदवारी घोषणा

732 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

img_7807-001_6pOg6DT2yNकाठमाडौं,३१ साउन  – नेपाल पत्रकार महासंघको आसन्न २५ औं महाधिवेशनमा अध्यक्षका लागि तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासंघका वर्तमान महासचिव उजिर मगर र माओवादीनिकट प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् ।20431586_10155518828119362_4406627310385966760_n

कोइरालालाई एमाले निकट प्रेस चौतारीले समर्थन गरेको छ । यस्तै कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको हो । आचार्यलाई चुनौती दिनेगरी प्रेस सेन्टरबाटै मगरले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

13087685_10209814665469737_4576828293403075510_nमगर यसअघि प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धनबाट महासचिव बन्नुभएको थियो । यसपटक पनि चौतारी र सेन्टरको गठबन्धन कायमै राख्ने प्रयास भएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार सेन्टरले युनियनसँग तालमेल गरेको हो । पत्रकार महासंघको २५ औं महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ ।