मंसिर १० गते प्रदेश र संघीय संसदको चुनाव गर्ने सरकारको प्रस्ताव
985 पटक पढिएको
काठमाडौं: सरकारले प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्ने गरी मिति घोषणा गरेको छ।
भदौ ५ गते विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते चुनाव गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।
यसअघि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले पनि दुबै चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए।
निर्वाचन आयोगले दुबै चुनाव एकै चरण गर्न गाह्रो हुने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। आयोगले सरकारलाई प्रदेश चुनाव मंसिर ४ गते र संघीय चुनाव मंसिर २१ गते गर्ने गरी निर्वाचन मिति सिफारिस समेत गरेको थियो।
तर सरकारले भने दुई चुनाव एकै चरणमा गर्नुपर्नेमा जोड दिदै आएको थियो।







