धादिङमा यसरी निर्धारण भयो निर्वाचन क्षेत्र

5032 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ भदौ : यस अघि तीनवटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा प्रतिनिधि सभाका लागि  अब दुई वटा  निर्वाचन क्षेत्र  कायम हुने भएको छ । नयाँ संरचना अनुसार  प्रदेश सभाका लागि भने चार निर्वाचन क्षेत्र कामय गरिएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधवार सांझ प्रधानमन्त्री शेरवहादुर देउवा मार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि देश भरी १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । जस अनुसार धादिङको क्षेत्र नम्बर १ मा धुनिवेसी नगरपालिका, थांक्रे, गल्छी,गजुरी वेनिघाट रोराङ र सिद्धलेक गाउँ पालिका कायम गरिएको छ ।
क्षेत्र नम्बर दुई मा रुवीभ्याली, गंगाजमुना, नेत्रावती,खनियाबास, त्रिपुरासुन्दरी,ज्वालामुखी गाउँपालिकाको साथै नीलकण्ठ नगरपालिकालाई  समेटिएको छ ।
प्रदेश सभाका लागि भने क्षेत्र नम्बर १ मा धुनिवेसी, थांक्रे र गल्छी गाउँपालिका,क्षेत्र नम्बर २ का लागि सिद्धलेक,गजुरी र वेनिघाट रोराङ गाउँपालिका, क्षेत्र नम्बर ३ का लागि नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० र ११ ( साविकको ज्यामरुङ गाविस) वाहेकका नीलकण्ठ, साङकोष,सुनौलावजार,मुरलीभन्ज्याङ,खाल्टे र धुंवाकोट गाविस) १२ वटा वडाका साथै नेत्रावती र ज्वालामुखी गाउँपालिका र क्षेत्र नम्बर ४ का लागि नीलकण्ठ नगरपालिकाको १० र ११ नम्बर वडाका साथै त्रिपुरासुन्दरी, गंगाजमुना,खनीयाबास र रुवीभ्याली गाउँपालिकालाई समेटिएको छ ।