व्यवस्थापिका संसद्को कार्यकाल समाप्त

893 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sansadकाठमाडौँ, २८ असोज – रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो । संसद् सचिवालयले औपचारिक रूपमा शनिबार विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ, गोरखापत्रमा खबर छ ।
शुक्रबारको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा अनुपस्थित हुने सांसदको नामावली जानकारी गराई अनुमोदन गराउनुभएको थियो । संसद् अविधेशन अन्त्यकै शैलीमा कार्यकालको अन्तिम बैठक अन्त्य गरिएको हो ।
तर, औपचारिक रूपमा सचिवालयका तर्फबाट शनिबार विशेष समारोह आयोजना गर्ने कार्यक्रम शुक्रबार बिहान मात्र तय भएको हो । सभामुखका प्रेस विज्ञ बबिन शर्माका अनुसार शनिबार २ बजेदेखि साँझ ७ बजेसम्मको औपचारिक कार्यक्रम तय भएको छ ।