धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

2379 पटक पढिएको

सम्पादक: Dhading News

 

????????????????????????????????????

धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन ।
गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको धादिङमा बाम गठबन्धनको तर्फबाट २ वटै संघिय क्षेत्रमा नेकपा एमालेले उम्मेदवारी दिएको छ । त्यस्तै प्रतिनिधि सभा २ र ४ प्रदेश सभा गरी ६ क्षेत्र मध्ये लोकतान्त्रिक गठबन्धनको तर्फबाट पाँच वटा नेपाली काँग्रेस र एकवटा राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँडफाँट गरेका छन् ।

त्यस्तै बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तर्फबाट भूमि त्रिपाठी, प्रदेश निर्वाचन क्षेत्र नं १ (क) मा नेकपा एमालेका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे र प्रदेश सभा निर्वाचन क्षेत्र नं १(ख)मा माओवादी केन्द्रका तर्फबाट शालिकग्राम जमरकट्टेलले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका तर्फबाट खेमप्रसाद लोहनी, प्रदेश सभा निर्वाचन क्षेत्र नं २(क) मा नेकपा एमालेका तर्फबाट डा.रामकुमार अधिकारी र प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (ख) मा माओवादी केन्दका तर्फबाट जगत सिंम्खडा उम्मेदवारी दर्ता गराएका छन् ।

????????????????????????????????????

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका तर्फबाट विश्व अर्याल, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र नं (क) मा नेपाली काँग्रेसका तर्फबाट मधुकुमार श्रेष्ठ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं (ख) मा नेपाली काँग्रेसका तर्फबाट प्रभात किरण सुवेदीले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका तर्फबाट दिलमान पाख्रिन, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) मा नेपाली काँग्रेसका तर्फबाट रमेश धमला र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै नयाँ शक्ति नेपालले पनि धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रहरुको लागि उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभाको क्षेत्र नं १ मा राजु नेपालले उम्मेद्वारी दर्ता गराएका छन भने क्षेत्र नं २ मा डाक्टर राजन केसीले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यस्तै विवेकशील साझा पार्टीले पनि धादिङमा उम्मेद्वारी दर्ता गराएको छ । विवेकशील साझाको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ को लागि दीपेश थापाले उम्मेद्वारी दर्ता गराएका छन भने क्षेत्र नं १ क क प्रदेशका लागि जितेन्द्र श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।
केही स्वतन्त्र उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।  अवेरसम्ममा मात्रै उम्मेद्वारहरुको नामावली प्रकाशित गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।