खनियाबासमा डोजर पल्टिंदा एकको मृत्यु
2790 पटक पढिएको
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाबास गाउँपालिका वडा ५ खोब्रामा डोजर दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही डोजर चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका गेर्खुटारका कृष्ण थिङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
साविकको सत्यदेबी गाउँ विकास समिति हुदै रुबिभ्याली गाउँ पालिका जोड्ने ग्रामिण बच्छला-गुन्मुङ् सडक निर्माणका लागि विगत केहि समय देखि डोजर लगाउने कार्य भैरहेको थियो । सोमबार बिहानै सडक खन्न जाने क्रममा जमिन भासिएर डोजर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।