एमाले नेता राजेन्द्रप्रसाद पाण्डे लडेर घाईते
3776 पटक पढिएको
धुनिबेशी नगरपालिका वडानम्बर ७ मा पर्ने तोप्लाङमा घरदैलो अभियान सकेर मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर लड्दा घाईते हुनु भएको पाण्डेका स्वकिय सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो । टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक बजे लडेर घाईते पाण्डेको नौबिसेमा सामान्य उपचार गराई काठमाण्डौँको मनमोहन अस्पतालमा साँझ ५ बजे देखी उपचार सुरु भएको छ ।