डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

1632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

NUwakot Bisfot Photo (1) NUwakot Bisfot Photo (2) NUwakot Bisfot Photo (3) NUwakot Bisfot Photo
क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो ।
नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतमाथि शुक्रबार विहान लक्षित गरि ककनी गापा–५, डाडागाउँ शिकारीचौरमा एम्बुस विस्फोट हुँदा पाँच जना घाइते भएका छन् ।
सडकमा पुरेर राखिएको कुकर बम विस्फोट गराइदा बा. १६ च ६६५ नम्बरको स्कार्पियो गाडी सडकमै पल्टिदा पाँच जना गम्भीर घाइते भएका हुन् । घटनामा उपेन्द्र मिश्र, सविन लामा, एसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो ।
ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन जादै गरेको टोलीमाथि एम्बुस आक्रमण भएको हो । विस्फोटमा क्षेत्र नं. १ प्रदेश ख का कांग्रेस उम्मेदवार रमेशकुमार महत सवार गाडी भने एक मिटरले मात्र जोगिएको छ । ‘म चढेको गाडी भन्दा अगाडीको गाडी विस्फोटमा परेको हो । एक मिटरले मात्र म जोगिएँ । तर, साथीहरु गम्भीर घाइते हुनुभयो’ महतले भने ‘कायरतापूर्वक आक्रमण भयो ।’
विस्फोट हुँदा डा. रामशरण महत चढेको गाडी भने पाँच सय मिटर पर पुगिसकेको थियो ।
घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको जानकारी आएको छैन छैन । घटनास्थल परपर पनि कसैको केही पर्चा फेला परेको छैन । तर, राससले भने घटनाको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको उल्लेख गरिएको छ ।
घाइतेहरुलाई हेलिकप्टरमा राखी उपचारको लागि राजधानी लगिएको छ ।