त्रिशूली बचाउन प्रशासनको पुर्ण समर्थन हुन्छ : प्रजिअ भण्डारी

1938 पटक पढिएको

सम्पादक: Dhading News

 IMG_20180121_141442 (1)धादिङ – त्रिशूली  बचाउन धादिङ जिल्ला प्रशासनको पुर्ण समर्थन रहने धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार  घाटबेशिमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रजिअ भण्डारीले पछिल्लो समय त्रिशूली  नदी धमिलो बन्दै गएको र यसको संरक्षण गर्न आफुले कुनै कसर बाकी नराख्ने बताउनु भएको हो ।

उहाले भन्नुभयो ” त्रिशूली  बचाउ अभियानले नदी सफा राख्न जति कार्यक्रम गरेको छ धादिङ जिल्ला प्रशासनको तर्फबाट  पनि त्यतिकै रुपमा लाग्नेछु । राम्रो कामको तारिफ गर्नैपर्छ ।” तर कतिपय फिर्फिरे ब्यवसायिहरुले रातको समयमा बालुवा धोएको पानी सिधै नदिमा मिसाउने कार्य गरेको प्रती चिन्ता व्यक्त गर्दै  यसको रोकथाम गर्न स्थानीयहरु पनि उत्तिकै जागरुक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित बक्ताहरुले त्रिशुली नदिमा भएको प्रदुषण र राज्यको निरिहपना वारे प्रश्न गर्दा प्रजिअ भण्डारीले , राज्यले सम्पुर्ण अधिकार स्थानिय तहलाइ दिइसकेको र त्यसको लागि स्थानिय जनप्रतिनिधि जिम्मेवार हुन समेत आग्रह गर्नुभयो ।

26230840_10213487712999603_3476576943978626707_nसाथै बालुवा प्रसोधन गर्ने फिरफिरे ब्यवसायिहरुले नुवाकोट र रसुवावाट  त्रिशूली  नदि धमिलो वनाउने कार्य भएको र आफुहरुले ब्यबसायनै बन्द गर्दा समेत यो समस्य समाधान नहुने वताएका थिय ।

साथै बालुवा प्रसोधन गर्ने फिरफिरे ब्यवसायिहरुले नुवाकोट र रसुवावाट त्रिशूली  नदी धमिलो वनाउने कार्य भएको र आफुहरुले ब्यबसायनै बन्द गर्दा समेत यो समस्य समाधान नहुने वताएका थिए ।कार्यक्रममा फिरफिरे ब्यबसायिहरुले आफ्नो रोजिरोटी नै खोस्न लागेको र त्रिशूली बचाउ महा अभियान आफ्नो विरुद्ध लागेको होकि भन्ने वारे शंका गरेका थिए ।

यता, त्रिशूली  बचाउ महाअभियानका संयोजक श्रवणकुमार त्रिपाठीले आफुहरु व्यावसायिहरुकै पक्षमा रहेको र ब्यबसाय बन्द गर्ने आफुहरुको कुनै मनसाय नभएको प्रस्टाउनु भएको थियो ।

संयोजक त्रिपाठीले बताउनुभयो , ”कतिपय स्थानीय जनप्रतिनिधिहरु स्वयंनै फिरफिरे ब्यवसायी रहेको र स्थानिय निकायका जनप्रतिनिधिको तर्फ वाट पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो ।”यता,  त्रिशूली बचाउ महाअभियानका अभियन्ता र सर्बसधारणका अनुसार फिरफिरे ब्यबसायले पर्यवरणमा असर नपर्ने गरी र नियम संगत तरिकाले त्रिशूलीमा लेदो माटो नमिसाइ चल्नुपर्ने बताएका छ्न।

कार्यक्रममा प्रजिअ भण्डारी , जिल्ला प्रहरी प्रमुख ध्रुवराज राउत, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी, गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगाना , गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिना , इलाका प्रहरी कार्यलय गजुरी, मलेखु, बेनीघाट र जोगिमारा प्रमुखहरु, फिरफिरे ब्यबसायिहरु, स्थानिय बुद्धिजिवीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालीका अध्यक्ष हरी डल्लाकोटीले भने फिरफिरे ब्यबसायिहरुले रातको समयमा फिरफिरे चलाउन नपाउने बताउनुभएको थियो । उहाले भन्नू भयो “हामी ब्यबसाय पनि चलाउ , नदी पनि स्वस्छ राखौ । ” हामि हिन्दु धर्म मान्दछौ तर पवित्र नदिमाथी दोहन पनि गर्दै छौ । साच्चै भन्ने हो भने मलामी जादा समेत त्रिशूली  नदीको पानीले नुहाउन समेत नपाइने होकि भन्ने डर लाग्न थालेको समेत उहाले बताउनु भयो ।

धादिङ न्यूजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकपेज फेसबुकग्रुप टुविटर  र  यू ट्यूव च्यानल मार्फत पनि जोडिन सक्नुहुन्छ ।