महिलाका कपालदेखि पुरुषका लिंगसम्म संग्रहालयमा

1220 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

penis-mujiamनयाँदिल्ली । म्युजियम अर्थात संग्रहालय यस्तो ठाउँ हो जहाँ खास चिजहरूलाई जोगाएर राखिएको हुन्छ । तर, संसारमा यस्ता संग्रहालय पनि छन् जहाँ राखिएका अनौठा वस्तुहरूले प्रसिद्ध छन् । यस्तै संसारमा सात अनौठा संग्रहालय बारे जानकारी लिऔँ ः

१ ः दिल्लीमा संसारको एउटा यस्तै संग्रहालय छ जुन शौचालयका लागि समर्पित छ । यो संग्रहालय सुलभ इन्टरनेसनल नामक संस्थाद्वारा सञ्चालित छ । यो संस्थाको उद्देश्य मानिसलाई शौचालयको इतिहासबारे साक्षात्कार गराउनु र यसबारे जागरण ल्याउनु रहेको छ । यो संग्रहालयमा तथ्यहरू, चित्र र वस्तुहरू, घटनाहरू, समयक्रममा शौचालयको विकास तथा वर्णनका दुर्लभ संग्रह छन् ।

२ ः यसमा धेरै किसिमका लिंगहरूलाई सजाएर राखिएको छ । यसको खास कुरा के हो भने यो संसारकै यस्तो किसिमको संग्रहालय हो । यसमा जनावरको मात्र होइन मानिसका लिंगहरू पनि राखिएका छन् । यसको नाम आइसलंैगिक फ्यालोलजिकल म्युजियम रहेको छ । यो लिंग संग्रहालयको स्थापना आइसल्यान्डका निवासी सिगरदर जाटर्सनले सन् १९९७ मा गरेका थिए ।

३ ः यदी प्रेममा तपाईको मनमा चोट पुग्यो भने क्रोयसाको राजधानी जागरेवमा रहेको यो संग्रहालयले तपाईको चोटमा मल्हमपट्टी गर्नेछ । प्रेममा धोकाखाएका प्रेमीहरूले दानमा दिएको वेडिङ ड्रेसदेखि लान्जरीसम्म यसमा राखिएको छ । यी सबैमा कसरी सम्बन्ध तोडियो भन्ने उल्लेख छ ।

४ ः गुफामा बनेको यस संग्रहालयमा संसारभरीका १५ हजारभन्दा बढी महिलाहरूको कपाल राखिएको छ । कपालका गुच्छाहरूलाई वाल र छतमा प्लास्टर गरिएको छ । यो संग्रहालय सञ्चालकको नाम से गिलाप हो । से गालिप एउटा कुम्हाले हुन् । यो संग्रहालय स्थापनाका दुई कथा बताइन्छ । एउटा कथाअनुसार उनकी एक साथी सहर छोर जाँदै थिइन्् उनले आफ्नो कपालको एक गुच्छा छोडेर गइन् र त्यसैगरी अरूले पनि गर्दै गए । अर्को कथाकाअनुसार आफ्नो भाँडाको विज्ञापनका लागि उनले यसो गरेका हुन् । कथा जेसुकै होस् संग्रहालय आफैँमा भिन्नै छ ।

५ ः जोन हट र उनकी पत्नी गरटुडलाई थाहा थिएनकी डग कलर संग्रह गर्दागर्दा एउटा संग्रहालय बन्नेछ । यहाँ मध्यकालदेखि भिक्टारिया युगसम्मका छाला तथा वेलवेटका कुकुरको घाँटीमा बाँध्ने पेटी देख्न पाइन्छ । करिव पाँच लाख मानिस बर्सेनि यहाँ अवलोकन गर्न आउने गर्छन् ।

६ ः मेक्सिकोको किवनटाना रोमा समुद्रको मुनि बनेको यो संग्रहालयमा पाँच सय मूर्ति रहेको छ । यो मूर्तिहरूको निर्माण कोरालरिफ र समुद्रमा पाइने अन्य चिजले भएको हो र यसको उद्देश्य अहिलेको प्राकृतिक रिफ्सलाई संरक्षरण गर्नु हो ।

७ ः बास्टनमा रहेको यस संग्रहालयमा यस्तो आर्ट वक्र्सलाई ठाउँ दिइएको छ कि जसलाई संसारमा कही पनि प्रशंसित छैन । यहाँ ६ सय यस्ता आर्ट पिस छन् जसलाई काम नराम्रो भनिएको छ ।एजेन्सी