विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि, २१ जनाको उपचार हुदै

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको छ भने २१ जनाको उद्धार गरि काठमाडौँका केएमसी अस्पताल, ग्रांडी अन्तर्राष्ट्रिय अस्पताल, नर्भिक अस्पताल र ओम अस्पातलमा उपचार भइरहेको छ ।

ग्राण्डी अस्पतालमा तीनजनाको उपचार भइरहेको अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डेले जानकारी दिएका छन् । ग्राण्डीमा दयाराम ताम्राकार, हरिप्रसाद सुवेदी र किशोर त्रिपाठीको उपचार भइरहेको डा.पाण्डेले जानकारी दिएको छन् ।

विमानमा ३३ जना नेपाली रहेको जानकारी प्राप्त भएको छ ।