logo

राष्ट्रियसभाको अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित

622 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकले तिमिल्सिनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । अध्यक्ष पदका लागि तिमिल्सिनाकोमात्र उम्मेदवारी परेको थियो ।

यसअघि, राष्ट्रियसभाको बैठकमा तिमिल्सिनाका प्रस्तावक सुमनराज प्याकुरेल र समर्थक दिनानाथ शर्माले बोल्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष उम्मेदवार नउठाएपछि तिमल्सिना निर्विरोध हुनुभएको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका दुई – दुई जना सांसद छन् । तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबिच, राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत ४ गते हुने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभा बैठकले उपाध्यक्षको निर्वाचन मिति तय गरेको हो ।

राष्ट्रियसभाको अन्तरिम कार्यविधी २०७४ को दफा ७ बमोजिम ज्येष्ठ सदस्यले उपाध्यक्षको निर्वाचन मिति तोक्ने कार्यसूची यसअघि निर्धारण गरिएको थियो ।राष्ट्रियसभाको अर्को बैठक चैत २ गते बस्नेछ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic