logo

जिल्ला अस्पताल धादिङको ओपीडी भवन अलपत्र

1104 पटक पढिएको

सम्पादक: Dhading News

-अर्जुन श्रेष्ठ

धादिङ सम्झौताको समयसीमाभित्र निर्माण कार्य पूरा नहुँदा जिल्ला अस्पताल धादिङको बहिरंग विभाग (ओपीडी) भवन अलपत्र बन्न पुगेको छ । रकम अभाव देखाएर रोकिएको भवन निर्माण कार्यले निरन्तरता पाउन नसक्दा भवन अलपत्र परेको हो ।

२ फागुन २०७४ सालमा सम्पन्न गर्ने गरी ३ फागुन २०७३ मा हिमालयन हेल्थ केयर नेपालसँग उक्त भवन निर्माण गर्ने सम्झौता भएको थियो । छुट्ट्याइएको १ करोड ५० लाख रकम सकिएसँगै भवन निर्माण कार्य रोकिएको हिमालयन हेल्थ धादिङका जिल्ला परामर्शदाता शम्भुसिंह ठकुरीले बताए । ३ करोड ४४ लाख रकममा भवन सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि अन्यत्र स्वास्थ्य चौकी बनाउँदा रकम खर्चिनुपरेका कारण ओपीडी भवन अलपत्र परेको उनको भनाइ छ ।

‘जिल्लामा आठवटा स्वास्थ्य चौकी निर्माण गर्ने जिम्मेवारी पनि हामीले नै लिएका थियौं, सबै ठाउँमा अनुमान गरिएको रकमले पुगेन,’ ठकुरी भन्छन्, ‘धादिङका पीडा, सलाङ, झार्लाङ, री, लापा र तिप्लिङमा स्वास्थ्य चौकीको नयाँ संरचना बनायौं, छत्रेदेउराली र भूमेस्थानमा रेट्रोफिटिङ पद्धतिबाट स्वास्थ्य चौकी मर्मत ग¥यौं ।’ जिल्ला समन्वय समितिले दिने जिल्ला दररेट अपुग भएका कारण जिल्ला अस्पतालको बजेट अन्यत्र स्वास्थ्य चौकी निर्माणमा खर्च गरिएको उनले बताए ।

‘भवन पूर्ण रूपमा निर्माण गर्न अझै ३ करोड रकम आवश्यक पर्छ,’ उनले भने, ‘हामीले रकम व्यवस्थापन गरिसकेका छौं, ओपीडी भवनले चाँडै पूर्णता पाउनेछ ।’ निर्माण सम्झौता सकिएको डेढ महिना हुनै लाग्दा समेत रोकिएको भवन निर्माण कार्य सुरु भएको छैन । निर्माण कार्य रोकिएको भवनमा झारैझार पलाएको छ भने निर्माण सामग्री यत्रतत्र छरिएका छन् ।

भवन निर्माण कार्य रोकिएपछि बिरामीहरूले सास्ती खेप्नुपर्ने मात्र होइन, अस्पताललाई पनि सेवासुविधा दिन अप्ठ्यारो भएको जिल्ला अस्पताल धादिङका प्रमुख डा. गौरव महतोले बताए । उनले भने, ‘जिम्मेवारी लिएको संस्थाले जति छिटो भवन बनाइदियो, बिरामीलाई सेवासुविधा दिन त्यति नै सजिलो हुने थियो ।’ त्यस्तैगरी, कोठा तथा भवन अभावका कारण चाहेअनुरूप विभाग छुट्ट्याएर उपचार गर्न कठिनाइ भएको हुँदा चाँडो भवन निर्माण थाल्न उनले आग्रह गरे ।

ओपीडी भवन बन्न ढिलाइ हुँदा स्पष्टीकरण मागिएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुन उप्रेतीले बताए ।‘जिल्ला तहबाट हामीले गर्नुपर्ने काम गरिरहेका छांै,’ उनले भने, ‘तर केन्द्रीय सम्झौता भएका कारण अप्ठ्यारो परेको छ ।’ यो साता पनि काम सुरु भएन भने बृहत् रूपमा छलफल गरेर निर्णय लिने उप्रेतीको भनाइ छ ।

ओपीडीमा दैनिक करिब २ सय बिरामी चेकजाँचका लागि आउने गरेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्ण उप्रेतीले बताए । हाल जस्ताको अस्थायी टहरामा ओपीडी सञ्चालन भइरहेको राजधानी दैनिकमा खबर छ ।

 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza