आजको मौसमः तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
100 पटक पढिएको

काठमाडौं, १८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ।
दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राती भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
One thought on “आजको मौसमः तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु र कुहिरो”
Comments are closed.
“Great content, learned a lot from this post!”