धादिङको प्रहरी प्रमुखमा डम्बर वहादुर विकको सरुवा

2554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १७ बैशाख । प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाका प्रहरी प्रमुख (एसपी)को सरुवा गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट एसपी डम्बरबहादुर विक लाई जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा गरिएको छ भने धादिङका एसपी ध्रुवराज राउतलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठको सिराह सरुवा भएको छ । त्यस्तै, लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको छ । चारै जनालाई काजमा सरुवा गरिएको बताइएको छ ।