एकताको खुशीयालीमा धादिङ लगायत देशैभरी दिप प्रज्वलन

663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३ जेठ – नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुसीयालीमा माक्र्सवाद अध्ययन प्रतिष्ठान धादिङले सदरमुकाम धादिङबेसीको पुछारवजार एमालेचोकमा दिपप्रज्वलन गरेको छ ।धादिङ लगायत देशैभरी नया पार्टी स्थापनाको खुसीयालीमा दिप प्रज्वलन गरिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नयाँ नेपाल कम्युनिष्ट पार्टी घोषणा भएको खुसीयालीमा ठाउँठाउँमा दीपावली गरिएको छ । काठमाडौंसहित विभिन्न ठाउँमा दीपावली गरिएको हो । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरे ।राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।

पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित एमाले रुपन्देहीका सदस्य बाबुराम पन्थीले बताउनुभयो ।

एकीकरणको सन्देश अब आम जनतामा पु¥याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका नेता वनोद पहाडीले भन्नुभयो “यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।”

विघटित एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुवेदी दुबै पार्टीको एकताले अब मुलुकमा राजनितिक स्थिरतासहित शान्ति, स्थायित्व, विकास र समृद्धिको अवसर आएकोे बताउनुभयो ।  एकताको खुसियालीमा जिल्लाका प्रमुख शहर बुटवल, भैरहवा तथा ग्रामीण क्षेत्रमा समेत दीपावली गरिएको विघटित एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिनुभयो ।