चट्याङ लागेर तीनजनाको मृत्यु, एक घाइते

963 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गाईघाट : उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर लिम्चुङबुङ गाउँपालिका २ का ६३ वर्षीय धनप्रताप राई, कृष्णबहादुर भुजेलकी ८ वर्षीया छोरी विष्णुमाया भुजेल र खड्डु भुजेलका ११ वर्षीय छोरा कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय कृष्णबहादुर भुजेलको घरको दलानमा बसिरहेको अवस्थामा चट्याङपर्दा खड्डु भुजेलका अर्का ६ वर्षीय छोरा रिजकु भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

हावाहुरीसहित पानी पर्न थालेपछि उनीहरु ओत लागेर बसेका बेला चट्याङ लागेको थियो । गम्भीर घाइते बालकलाई उपचारका लागि सदरमुकाम गाईघाट पठाइएको स्थानीयले जानकारी दिएका छन् । घटनास्थ सदरमुकाम गाईघाटबाट २१ कोष उत्तर जिल्लाकै सबैभन्दा विकट क्षेत्रमा पर्दछ। अन्नपूर्ण पोष्टबाट