धादिङ- मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ।
बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र रौतामाईको मुर्कुचेमा शाखा विस्तार गरेको हो।
धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ। उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको बैंकले जनाएको छ।
योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ। ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।
यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने बैंकले जनाएको छ ।