ठगी गरेको आरोपमा रावाबैँकका ऋण अधिकृत धादिङका लुइँटेल पक्राउ

2255 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ,२२ जेठ, । महानगरीय अपराध महाशाखाले ४ लाख ५८ हजार रुपैँया ठगी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैँकमा ऋण अधिकृत रहेका धादिङका राजेन्द्र प्रसाद लुइँटेललाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले अधिकृत ३० वर्षीय लुइँटेललाई सोमबार कलंकीबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

लुइटेलले कृष्णप्रसाद भट्टराईको मोरङमा रहेको जग्गा धितो राखी रु एक करोड ऋण मिलाइदिन्छु भन्द ४ लाख ५८ हजार लिएर फरार भएका थिए । रकम लिएर फरार भएका लुइँटेललाई भट्टराईले जिल्ला अदालत काठमाडौँमा निवेदन दिएपछि पक्राउ गरेको हो ।

लुइटेललाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७३ जेठ १० गते एक वर्ष कैद र ४ लाख ५८ हजार जरिवाना सुनाएको थियो । पक्राउ लुइँटेललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।