यौन सम्पर्कमा बढी आनन्ददायी उमेर कुन हो ?
2525 पटक पढिएको


मानिस किशोरावस्थामा सेक्सको विषयमा धेरै उत्सुक हुन्छ । सेक्सका लागि उत्सुक हुनु र सेक्स आनन्ददायक हुनु फरक हो भन्दै अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने निश्कर्ष निकालेको छ । यसैगरि पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा वा आनन्द लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।
किशोरावस्था एउटा कौतुहलताको अवस्था हो । यो बेला कति जानी नजानी सेक्स गर्दछन् । सेक्सका विषयमा थोर बहुत जानेर अथवा बुझेर गरिएको सेक्समा छुट्टै आनन्द आउने कुरा विशेषज्ञहरु बताउँछन् । किशोरावस्थाको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने अर्को एक अध्ययनले देखाएको छ ।
त्यसैगरि पुरुषहरुको हकमा भने ३३ बर्षको उमेरमा सेक्स गर्दा बढी सक्रिय तथा आनन्द महसुस हुने सो अध्ययनले देखाएको छ । पुरुष औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जि्निटी तोडिने सोहि अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनले उमेर अनुसार सेक्समा पाइने आनन्दको आंकडा निकाले पनि दुबैको चाहाना र आवस्यकतालाई विचार पुर्याई गरिने सेक्स नै बढी आनन्ददायी हुने गर्दछ ।–एजेन्सी