प्रदेश ३ का मुख्य शहरमा बन्द हुदैछन पेट्रोल बाट चल्ने गाडी

578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बढ्दै गएको पेट्रोलियम पदार्थको मुल्य बृद्धिबाट आजित भएका सवारी धनीहरुका लागि ३ नम्बर प्रदेश सरकारले नयाँ विकल्प अघि सारेको छ । आगामी दश वर्ष भित्र प्रदेशका मुख्य शहरहरुमा पेट्रोलबाट चल्ने सवारी बन्द गरिने भएको छ । २०८५ सम्म प्रदेशका मुख्य शहर पेट्रोलियम  सवारी साधन मुक्त बनाउँदै विद्युतबाट सञ्चालन हुने सवारी सञ्चालन गरिने भनिएको छ ।

नयाँ आर्थिक वर्षको बजेटा केवलकार, ट्रलीबस, रोपवे लगायतका विद्युतीय यातायातलाई नीतिगत एवं कानुनी रूपमा समेत प्रोत्साहन गर्न आवश्यक व्यवस्था मिलाइने भनिएको छ ।

‘मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ अन्तर्गत प्रत्येक जिल्लाको सदरमुकाम वा नजिकको लोकमार्गदेखि स्थानीय तहको मुकामसम्मको सडकलाई तीन वर्ष भित्रमा स्तरोन्नती गर्दै कालोपत्रे गरिने बजेटमा उल्लेख छ ।