बैरेनीमा ट्रक र माईक्रोवस ठोक्किंदा ६ जना घाईते
1500 पटक पढिएको

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्ने बैरेनी वजार स्थित पृथ्वीराजमार्गमा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
काठमाण्डौंबाट पोखराका लागि छुटेको ग १ ख २९६६ नम्बरको माईक्रोबस र भरतपुरबाट काठमाण्डौं जांदै गरेको ना ५ ख ७३८६ नम्बरको मालवाहक ट्रक बिहीवार विहान ९.३० वजे तिर एक आपसमा ठोक्किंदा माईक्रोका चालक सहित अन्य ६ जना घाईते भएका छन् । घाईतेहरुको बैरेनी स्वास्थ्य चौकीमा उपचार हुंदैछ ।
ट्रकका चालक र ट्रकलाई वैरेनी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
तस्बिर : सन्तोष अधिकारी, बैरेनी