धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प-ठुलै धक्का महसुस
677 पटक पढिएको

धादिङ १४ असार,। धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।लामो समय पछि धादिङ जिल्लामा भुकम्पको ठुलै धक्का महसुस गरिएको छ ।
बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।विहान ४।१३ वजे पनि धक्काको महसुस गरिएको थियो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा मात्रै होइन पश्चिम नेपालको बुटवल सम्म महसुस गरिएको थियो । भूकम्पको क्षतिको विवरण भने आएको छैन ।