पत्रकार मुरारी अधिकारीलाई विद्यावारिधि
1444 पटक पढिएको

धादिङ- जिल्ला स्थित गोरखापत्र संवाददाता मुरारी अधिकारीले नेपाली विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले पत्रकार मुरारी अधिकारीलाई नेपाली विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको हो ।
लामो समयदेखि पत्रकारितामा रहेका अधिकारीलाई ‘आदर्श राघव महाकाव्यमा रस’ प्रयोग शीर्षकमा शोध गरेवापत विद्यावारिधि उपाधि प्रदान गरिएको हो । २०६४ सालमा मंगलप्रभात किरण साप्ताहिकबाट पत्रकारिता शुरु गरेका अधिकारी सो पत्रिकाको संंस्थापक सम्पादक समेत हुन । अधिकारी नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य पनि हुन् ।
अधिकारी जिल्लामा नीलकण्ठ बहुमुखी क्याम्पसमा उप्राध्यापक पदमा कार्यरत समेत छन् । अधिकारीले गरेका शोधको निर्देशन वरिष्ठ प्राध्यापक डा. मोहनप्रसाद तिमल्सिनाले गरेका थिए ।