असोजसम्म जिल्ला स्वास्थ्य कार्यालय यथावत रहने

1641 पटक पढिएको

१७ श्रावण २०७५, बिहीबार २१:४१ सम्पादक: धादिङ न्यूज

धादिङ–धादिङ लगायत देशभरका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु असोजसम्म याथवत रहने भएका छन् । संघीय संरचना अनुसार खारेज हुन लागेका  ती कार्यालय एकैपल्ट  हटाइदा स्वास्थ्य क्षेत्र अस्तव्यस्त हुने आंकलन गर्दै सरकारले यथावत राख्ने निर्णय लिएको हो।

मन्त्री परिषद्ले गत असार ३२ गते गरेको उक्त निर्णयअनुसार स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले देशभरका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेर असोजसम्म यथावत रुपमा निरन्तरता दिने निर्णय भएकाले त्यही अनुसार कामकाज गर्न र समयमै प्रतिबेदन बनाउन अनुरोध छ भनिएको छ ।