धारिलो हतियार प्रहार गरी फरार धादिङका ४ जना पक्राउ 

3437 पटक पढिएको

सम्पादक: Dhading News

 अलग अलग स्थानबाट धारिलो हतियार प्रयोग गरी आक्रमण गरी फरार रहेका चार जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ परेकाहरुमा जिल्लाको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी ,२४ वर्षीय नबिन श्रेष्ठ, खनियाबास गाउँपालिका ४ बस्ने २४ वर्षीय दलबहादुर तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय श्यामबहादुर तामाङ रहेका छन ।

दुवाडी र श्रेष्ठ गजुरी गाउँपालिका–५,का बलराम खनाललाई धारिलो हतियार खुकुरी खुँडा प्रहार गरी घाईते बनाएर फरार रहेका थिए । खनाल गाडी चालक हुन् । घटना पश्चात  काठमाण्डौको विभिन्न स्थानहरुमा लुकिछिपी बसेको अवस्थामा  २०७५ साउन २० गते फेला पारी पक्राउ गरी धादिङ जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिई प्रहरी हिरासतमा राखी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।पाँच महिनाअघि धादिङको ज्वालामुखी गाउँपालिका –४, साधँभन्ज्याङस्थित सडकमा हतियार प्रहार खनालाई हतियार प्रहार गरि घाईते वनाईएको थियो ।

त्यस्तै जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नं १ रि ताजिम्रङमा खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका दलबहादुर श्यामबहादुर दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवैजना मिलेर नेत्रावती गाउपलिका ४ बस्ने २२ वर्षीय सन्तबहादुर तामाङलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

गत जेठ २३ गते खुकुरी प्रहार गरी फरार भएका खनियाबास गाउँपालिका ४ बस्ने २४ वर्षीय दलबहादुर तामाङ र सोही ठाउँमा बस्ने २६ वर्षीय श्यामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङ अपराध अनुसन्धान शाखाले आईतबारजारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । तामाङद्धय पनि घटना पश्चात काठमाण्डौंमा विभिन्न स्थानमा  लुकिछिपी बसेको अवस्थामा मिति २०७५ साउन १८ गते फेला पारी पक्राउ गरी  धादिङ जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिई प्रहरी हिरासतमा राखी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान कार्य भई रहेको पनि  जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।