साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन

870 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं: साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।

२०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आएका दाहालको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो ।

यज्ञनिधि दाहाल (दाहाल यज्ञनिधि) नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित थिए । २०१० सालमा खोटाङको खाल्लेमा दाहालको जन्म भएको थियो ।

रेडियो नेपालमा उनले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उनी नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय थिए ।

२०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाएका थिए ।

तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उनले विस्तार गरेका थिए ।