आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सम्पन
1462 पटक पढिएको

विपिन मल्ल
धादिङ-“वैदेशिक रोजगारीलाई सुरक्षित र लाभदायिक बनाउने हाम्रो अभियान, आप्रवासी कामदारको सम्वृद्घि र सम्मान हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको दोस्रो साधारण सभा सोमबार धादिङबेसीमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल ले “अवको दिनमा केन्द्र कुन तरिकाले अगाडि बढ्ने हो निर्णय गर्नु पर्ने छ, जसको लागि केन्द्र व्यवसायी बन्ने कि मजदुर बन्ने निर्णय गर्दै, मजदुर हो भने सिपलाई प्राथमिकता दिनु पर्ने र व्यवसायी गर्ने हो भने त्यस तर्फ केन्द्रित हुन” सल्लाह दिनु भयो ,साथै केन्द्रलाई भावि दिनमा सदैव सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा गल्छि गाँउपालिका, थाँक्रे गाँउपालिका,ज्वालामुखि गाँउपालिका र निलकण्ठ नगरपालिकाबाट ३४ जना साधारण सदस्यहरु उपस्थित हुनुहुन्थो । उहाँहरुले आगामि दिनमा विदेशबाट फर्केएर आएका युवाहरुको लागि, आधुनिक कृषि, पशुपालान, पर्यटन क्षेत्र, व्यवसायिकरणलाई सम्भावित रोजगार क्षेत्रमा राख्दै यसको लागि,स्थानिय तहले सहुलियत दरमा ऋण उपलब्ध गराईदिन, सिप मुलक र आय मुलक सिप प्रदान गरिदिन, कृषिबाट उत्पादन भएको चिजहरुको विचौलिया प्रथा पुर्ण रुपमा हटाई बजारीकरण व्यवस्था गरिदिन साथै, विशेष गरि ग्रामिण भेगमा बाह्रै महिना यातायातको राम्रो व्यवस्था गरिदिन अनुरोध गरेका छन् ।
कार्यक्रममा सिड्स धादिङका गोकर्ण रुपाखेति विशेष अतिथि,हेलभटास स्विस ईन्टरकोपरेशन (सामि) परियोजनाको जिल्ला परियोजना संयोजक कमल बहादुर रोकायको अतिथी रहेको उक्त कार्यक्रममा केन्द्रले हाल सम्म गरेको कार्यप्रगति,आर्थिक प्रतिवेदन,वार्षिक योजना तर्जुमा गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष तथा कार्यक्रमको सभापति खेम बहादुर श्रेष्ठले जानुकारी गराउनु भयो ।