मोटरसाइकल दुर्घटनामा परि ससाहमा एक जनाको मृत्यु
1147 पटक पढिएको

शनिवार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा एक जनाको ज्यान गएको छ ।
धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा ६४ प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भई सडक भन्दा तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका ६ बस्ने ३८ वर्षीय खेम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।घाईते भएका मगरको उपचारका क्रममा ज्यान गएको हो ।