बैदेशिक रोजगारलाई सुरक्षित बनाउन सामि परियोजना कोशे ढुङगा सावित
2228 पटक पढिएको

धादिङ,२६ भदौ : बैदेशिक रोजगारीलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन सामि परियोजनाले महत्वपुर्ण भुमिका खेलेको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनु भएको छ । बैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न समस्याहरु देखीएको भन्दै उहाँले यसको सहि व्यावस्थापन गर्नको लागी स्थानीय निकायले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । धादिङमा सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन गरिरहेको चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्सलाई राम्रो काम गरेकोमा धन्यवाद दिदै पाण्डेले आगामी दिनमा आफ्नो तह र तप्काबाट सहयोग गर्नको लागी आग्रह गर्नुभएको छ । जिल्ला परियोजना समन्वय समितिको बैठकको अतिथी समेत रहेको पाण्डेले बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी स्थानीय तहले आ–आफ्नो नीति तथा कार्यक्रम मार्फत काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर वि.क,जिल्ला समन्वय समितिका उप–प्रमुख विन्दा बरामु नेपाली,जिल्ला प्रशासकिय अधिकृत राममणी मिश्र,जिल्ला समन्वय अधिकारी बलराम ढकाल,नीलकण्ठ नगरका उप प्रमुख मनराज भण्डारी, सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवाल,गल्छि गाउँपालिकाका उप प्रमुख राधा तिमल्सिना,गैससका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली,चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, सामीको जिल्ला परियोजना संयोजक कमल बहादुर रोकाय, जिल्ला स्थित विभिन्न सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि,सरोकार निकायका प्रतिनिधि,सन्चारकर्मी लगायत सुरक्षित आप्रवासन सामी परियोजना म्एऋऋ का सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले सामी परियोजनाले ४ बर्षको अवधिमा धादिङमा प्रशंनीय काम गरेको भन्दै धन्यवाद दिनुभयो ।
यसैगरी कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले ४ बर्षमा सामि परियोजनाले सन्चालन गरेको गतिविधिको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । ४ बर्षको अवधिमा सुचना तथा परामर्श केन्द्र,साप्ताहिक अभिमुखीकरण,सामुदायिक अभिमुखीकरण,विद्यालय अभिमुखीकरण, विभिन्न मेला तथा पर्वमा सन्चालन गरेको घुम्ति शिविर गरि कुल ८२ हजार ५ सय ३७ जनलाई व्यक्तिगत भेटेर सुचना दिईएको छ । यसैगरी बैदेशिक रोजगार सम्बन्धी विभिन्न समस्याहरु, जस्तै ठगी,बेपत्ता,भनेको जस्तो काम तलब नपाएको,उद्धार लगायतका ४ सय ५४ जटा समस्याहरु सुचना तथा परामर्श केन्द्रमा दर्ता भएका छन् । ती मध्ये ३ सय ६७ वटा समस्याहरु समाधान भएको कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनु भएको थियो । यसैगरी ४ बर्षको अवधिमा १ सय ५१ जनामा व्यक्तिगत मनोपरामर्श सेवा सन्चालन गरेको र ४ सय १८ जनामा सहुम मनोपरामर्श सेवा सन्चालन गरिएको छ । चार बर्षको अवधिमा २ करोड,३५ लाख ५३ हजार ६९ रुपैया खर्च भएको छ ।
४ बर्ष सम्म कार्यक्रम सन्चालन हुँदा सहयोग गर्ने सरकारी संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि,गैर सरकारी संघ–संस्था,स्थानीय निकाय तथा सन्चारकर्मीलाई धन्यवाद दिनुभएको थियो । यसैगरी परियोजना अवधिभर आम सन्चारको माध्यमबाट सहयोग गर्ने रेडियो धादिङ,रेडियो राजमार्ग,रेडियो बिहानी र दिव्य दर्शन टेलिभिजनलाई कदर प्रत्र प्रदान गरिएको थियो । यसैगरी सामी÷हेल्भेटासका जिल्ला परियोजना संयोजक कमल बहादुर रोकायले आगामी ४ बर्ष सन्चालन हुने सुरक्षित आप्रवासन सामि परियोजनाको बारेमा जिल्लाका सरोकारवाला निकायहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी सबैले आ –आफ्नो क्षेत्रमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।