गल्छी गाउँपालिकामा लैगिंक निति कार्यशाला सम्पन्न
1994 पटक पढिएको

गल्छी- गल्छी गाउँपालिकाको समृद्धि, समाजिक रुपान्तरणका लागि लैगिंक मैत्री योजना र निति ,भन्ने नारा सहित गल्छी गाउँपालिका स्तरिय जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधिहरु बचि भएको योजना तथा निति निर्माण कार्याशाला सम्पन्न भएको छ ।
गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा लैगिंकता र लिङ्गको बिषयमा अपराध संहिता, देवानी कानुनका बिषयमा अधिबक्ता एबं महिला मानवअधिकार जिल्ला सञ्जाल केन्द्रीय महासचिव महिला अधिकारकर्मी राधिका सापकोटाले अवधारणगत स्पष्टता पार्नु भएको थियो । कार्यक्रममा हाईवे बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उमा नेपाल, यूएमएन धादिङ टिम लिडर सबु तामाङ र सिड्स धादिङ कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, थाक्रे महिला सञ्जालकी अध्यक्ष एबं सिड्सका कोषाध्यक्ष यशोदा विडारीले सामाजिक रुपान्तरणमा महिलाहरुको बिभेदीकरणलाई अन्त्य गर्दै समृद्धिको अभियानमा गाऊँपालिकाको अग्रसरता रहनु पर्ने बिषयमा सुझाव दिनु भएको थियो ।
कार्यशालाले गाउँपालिका भित्रका बिभेदका सवालहरुको पहिचान गर्दै आगामी दिनमा गाउँपालिकाले बिकासका योजना गर्दा लैगिंक मैत्री वनाउदै विकासको मुल प्रवाहमा महिलालाई अगाडी ल्याउन रणनिति योजना तथा निति निर्माणका लागि उपाध्यक्ष राधा तिमल्सीनाको संरक्षकत्व र महिला नेतृ उमा नेपालको संयोजकत्वमा १३ सदस्य उप समिति गठन गर्दै आगामी ३ महिना मित्र योजना तथा निति निर्माण गरी तयार गर्ने सर्बसम्मत निर्णय गरेको छ ।