नयाँ नोट साट्न धादिङबेसीमा विहानै देखि लाईन
2105 पटक पढिएको

दशैंका लागि नयाँ नोट साट्न शनिवार विहानै देखि सर्वसाधरण लाईनमा उभिएका छन । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालयले नयाँ नोट साट्ने भएपछि शनिवार विहान ७ वजे देखि सर्वसाधरण लाइनमा लागेका छन । बैकले एक जनालाई १८ हजार ५ सयका दरले नयाँ नोट सटही गरिदिएको छ ।
जिल्लामा रहेका अन्य निजी बैकले नयाँ नोट सटहीमा खासै चासो दिएका छैनन । हरेक बर्ष दशैंमा सर्वसाधरणले नयाँ नोट सटही गर्ने गर्दछन ।