जापान वस्ने युवाहरुद्वारा चेपाङ् वस्तिको विद्यालयमा सहयोग
815 पटक पढिएको
धादिङ् । धादिङ जिल्लाबाट,जापान पुगेका केहि युवाहरुले दसैँको अवसरमा बेनीघाट रोराङ गाऊँपालिका वडा नं २ स्थित चेपाङ् वस्तिमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा स्कुल ड्रेस तथा स्टेश्नरी सामग्री सहयोग गरेका छन् ।
विद्यालयमा अध्यन गर्ने ५० जना बिध्यार्थिलाई स्कुल ड्रेस र स्टेस्नरी सामान हस्तान्तरण गरिएको सहयोगी विमल श्रेष्ठले जानकारी दिए । धादिङ समाज जापानको सचिव समेत रहेका श्रेष्ठको नेतृत्वमा, लोकेन्द्र भण्डारी,प्रविन मैनाली, निशान भट्ट तथा रामकुमार थापाको संयुक्त प्रयासमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको सहयोगी प्रविन मैनालीले जानकारी दिए ।
सहयोगी श्रेष्ठले, नेपालमा सहयोग हस्तान्तरणमा साथ दिने, कमल श्रेष्ठ, सन्दिप श्रेष्ठ, तिलक चेपाङ् तथा शिव श्रेष्ठ लगायतलाई धन्यवाद ज्ञापन गरेका छन् ।
थप तस्बिरहरु