गल्छीमा ट्रक दुर्घटना हुँदा एककाे मृत्यु
910 पटक पढिएको

धादिङ,११ कात्तिक। धादिङकाे गल्छी गाउँपालिका वडा नं ७ मछेडीखोला घिमिरेथुम्का सडकमा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ । सुमारा गाउँबाट पृथ्वीराजमार्गको मछेडीखोलातर्फ आउँदै गरेको बा ५ ख ३४७४ न. को महेन्द्रा निशान ट्रक पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका गाडीमा यात्रा गर्ने गल्छी – ७ का ३६ वर्षीय रामशरण तामाङको उपचारका क्रममा मृत्यु भएको छ । गाडी चालक प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।