प्रदेश ३ मा ‘करारमा चिकित्सक नियुक्ती गर्ने कार्यविधि’ स्विकृत

997 पटक पढिएको

सम्पादक: Dhading News

स्पष्ट कानूनी व्यवस्था नहुँदा रिक्त भएको पदमा चिकित्सक नियुक्ति गर्न नपाउँदा अन्यौलमा परिरहेको स्वास्थ्य क्षेत्रलाई व्यबस्थित गर्न  तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव भएकोले करारमा नियुक्त गर्नका लागि ‘करारमा चिकित्सक नियुक्ती गर्ने कार्यविधि २०७५’ स्विकृत गरेको हो ।

त्यसैगरी प्रदेशमा स्थापना भएका आयोजनाहरुमा आयोजनागत अस्थायी दरबन्दि स्विकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री केलाश ढुंगेलले जानकारी दिनुभयो । यसैगरी श्रीमान श्रीमतीको संयुक्त लालपुर्जा दर्ता गरे रजिष्टे«शन शुल्कलाई ५ सयबाट घटाएर १ सय मात्र  लिने निर्णय समेत गरिएको छ । यसैगरी प्राईभेट ट्रिपरको बार्षिक कर ३५ हजार र भाडाको ट्रिपरको कर २९ हजार कायम गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल सहभागि हुनुहुन्थ्यो ।