गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा एकराज छत्कुली
1382 पटक पढिएको

धादिङ जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ धादिङको अध्यक्षमा फोकस नेपालका एकराज छत्कुली निर्वाचित भएका छन ।
सोमबार राती अवेर सम्पन्न संस्थाको तेह्रौं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनबाट छत्कुलीको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको हो ।
एघार सदस्यिय जिल्ला शाखा कार्य समितिको उपाध्यक्षमा उषा बिक,सचिवमा राधिका सापकोटा, सहसचिवमा शालिकराम दुवाडी,कोषाध्यक्षमा शेरवहादुर तामाङ र सदस्यहरुमा दिपककुमार कँडेल, डिपि सिम्खडा,रामबहादुर नेपाली, गंगा सुवेदी,ध्रुवकुमार श्रेष्ठ र भगवती उप्रेती चयन भएका छन । साधारण सभा तथा अधिबेशनको उदघाटन गैसस महासंघका केन्द्रिय उपाध्यक्ष कृष्ण गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।