बाहुनपलाङमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
1188 पटक पढिएको
गल्छी २७ मंसिर –गल्छी गाउँपालिका वडा नम्बर ६ बाहुनपलाङमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गल्छी गाउँपालिका को आयोजना, रिम्स नेपाल र अक्सफाम नेपालको सहयोगमा शिविर भएको हो । शिविरबाट ६ सय ९२ वटा पशुको उपचार गरिएको छ । ।
शिविरमा ७२ वटा गाई,१ सय १ वटा भैंसी, ५ सय २८ वटा बाख्रा, ४ सय २४ वटा कुखुरा र १ कुकुरको स्वास्थ्य परीक्षण गरिएको थियो ।पशुहरुलाई लक्षणको आधारमा औषधी वितरण गरिएको गल्छी गाउँपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक अस्वस्थमा अर्यालले जानकारी दिनु भयो ।
शिविरमा जिल्ला भेटेरेनरी अस्पताल पशु बिज्ञ केन्द्रका प्राविधिक घुरन मण्डल,गल्छी गाउँपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक अस्वस्थमा अर्याल,एक गाउँ एक प्राविधिक कार्यक्रम अन्तरगत गल्छी गाउँपालिकामा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक मिना अधिकारी लगायतले पशु चौपायाको स्वास्थ्य परीक्षण तथा उपचार समेत गरेका थिए ।शिविरमा वितरण गरिएको औषधि रिम्स नेपालको तर्फबाट निःशुल्क उपलव्ध गराईएको थियो ।
शिविरमा १०५ वटा पशुको गोवर परीक्षण, ६ सय १५ वटालाई आन्तरिक परजिवी नियन्त्रण, ७५ वटाको वाह्य परिजीवी नियन्त्रण, ११ वटाको बाँझोपन निवारण र ७७ वटालाई विभिन्न रोगको औषधि वितरण गरिएको थियो ।
शिविरमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, योजना शाखाका अधिकृत विनोद खड्का, ६ नम्बर वडाका अध्यक्ष राजन श्रेष्ठ रिम्स नेपालका कार्यक्रम संयोजक चेतनाथ त्रिपाठी लगायतको उपस्थिती रहेको थियो । चालु आर्थिक बर्षको पहिलो चौमासिकको कार्यक्रम अन्र्तगत शिविर संचालन गरिएको र यो बर्ष भरीमा सबै वडामा यस्ता शिविर संचालन गरिने गाउँपालिका पशु सेवा शाखाले जनाएको छ ।