कोशिखोलामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

1156 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको निलकण्ठ नगरपालिका–५ कोशिखोला लस्करेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविर बुद्ध शान्ति विहार धादिङको आयोजना र अन्तराष्ट्रिय मैत्री समाज नेपालको सहअयोजनामा भएको हो।

शनिबार धादिङको बुद्ध शान्ति विहार परिसरमा भएको शिविरमा आँखा, हाडजोर्नी, दन्त तथा मुख, स्त्रीरोग सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ। शिविर काठमाडौंमा बस्ने क्रियासिल युवाहरुको पहलमा भएको शिविर संयोजक रमेश ढुंगानाले जानकारी दिए।

उक्त शिविरमा मनमोहन मेमोरियल अस्पताल, युनिभर्सल डेन्टल अस्पताल लगायत अन्य अस्पतालका बरिस्ठ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।

शिविरमा डा. रोजन अधिकारि, डा. प्रतिभा पराजुली, डा. आशिश कडरिया, डा. हरी बराल, डा. रेखा पौडेल, डा. पुष्प लाल भडेल, डा. अरुण कडेल, डा. भुपेश ढकाल, डा. अर्जुन साप्कोटा, डा. बियुश पोखरेल, डा. निरज थापा, डा. पारस ओली र डा. सरु थापाले बिरामीको चेकजाँच गरेका थिए।