राष्ट्रिय युवा महासंघकाे अध्यक्षमा धादिङका सुजन घले

749 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाैं । राष्ट्रिय युवा महासंघ नेपालको सातौं केन्द्रीय साधारणसभा तथा तेस्रो अधिबेशन काठमाडाैंमा सम्पन्न भएकाे छ । अधिवेशनले सुजन घलेकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । देशभर रहेकाे सञ्जाललार्इ सक्रिय बनाएर युवाका मुद्दालार्इ थप सशक्त बनाउने र युवा परिचालनलार्इ जिम्मेवारीका साथ अगाडि बढाउने याेजनाका साथ निफनलार्इ अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष सुजन घलेले बताउनुभयाे ।

महासंघकाे उपाध्यक्षहरूमा पवन अधिकारी र त्रिभुवन बिसी निर्वाचित हुनुभएकाे छ । यसैगरी महासचिवमा नमस्कार शाह, सचिवद्वय सुरेन्द्र शाही र जना भण्डारी र काेषाध्यक्षमा कमल बञ्जारा निर्वाचित भएका छन् । यसैगरी महासंघकाे सदस्यहरूमा भीम लामा, नवाकसिंह रार्इ, प्रविना सुजखु, अमिशा धिमाल र छबिलाल सुनार निर्वाचित भएका छन् । ३ जना सदस्यलार्इ मनाेनित गर्ने केन्द्रीय कार्य समितिले जनाएकाे छ ।