खानेपानी पानी सुरक्षा टोलिलाई जाँच ज्ञान सिप
1264 पटक पढिएको

खानेपानी आयोजनाका पानी सुरक्षा टीमका सदस्यहरूलाई ३ दिने पानी सुरक्षा योजना तालिम गजुरी गाउँपालिका मलेखुमा बुधबार सम्पन्न भएको छ । अक्सफार्मरप्रयास नेपाल धादिङ र सिद्धलेक गाउँपालिकाको साझेदारीमा संन्चालित पुर्णिमा परियोजना अन्र्तगत निमार्ण सुरु भएको ४ वटा खानेपानी आयोजनाका पानि सुरक्षा टिमका सदस्यहरू सहभागी छन् पानी सुरक्षा योजना टोलिमा सम्बन्धीत खानेपानी आयोजनाका अध्यक्ष त्यस क्षेत्रमा निर्वाचित प्रतिनिधि,महिला स्वयमसेबिका,सामुदायिक वनका प्रतिनिधि,शिक्षक,बुद्धिजिबि गरि जम्मा २८ जनाको सहभागीता रहेको थियोे ।उक्त तालिममा पानि जलधार क्षेत्र मुहान देखि मुखसम्म कसरि सुरक्षा गर्ने,जोखिम बिश्लेशण तथा पहिचान कसरि गर्ने तथा दिगो ब्यबस्थापन र मर्मत कसरी गर्ने भन्ने बिषयका छलफल तथा सबै सहभागीहरुलाई पानि जाँच गर्ने विधि तथा प्रक्रियाका बिषयमा प्रयास नेपाल धादिङका सब ईन्जिनियर धिरज भण्डारीले सहजिकरण गरेका थिए । दिगो व्यवस्थापनका र मर्मत सम्भारमाका क्षत्रमा उपभोक्ता समितिहरुको क्षमता अभिबिद्धि गर्ने उदेश्यका साथ खानेपानी आयोजना निमार्ण भईरहेका गजुरी गाँउपालिका र सिद्धलेक गाउँपालिकाका खानेपानी आयोजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई पानी सुरक्षा सम्बन्धि तालिम प्रदान गरिएको प्रयास नेपालका उपाध्यक्ष रेष्टन कडेलले जानकारी दिनु भएको छ । प्रयास नेपालले अहिले सिद्धलेक र गजुरी गाउँपालिका ३५ सय घरघुरीमा सेवा पुग्ने गरी ८ वटा खानेपानी योजना संचालनमा रहेको र खानेपानी योजना निर्माणको साथै दिगोपन र प्रभावकारी रुपमा संचालनको लागि बिशेश प्राथमिकता दिईएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।