‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

2845 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं : ‘गाउँमा गाउँमा सिंह दरवार”नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै ‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’ भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो ।

स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहकै परेको आयोगले जनाएको छ । आयोगका अनुसार पछिल्लो ६ महिनामा दुई हजार ७ सय १६ वटा उजुरी स्थानीय तहमा भएका भ्रष्टाचारका बिषयमा परेका छन् । आयोगले ति उजुरीको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय तहले जनप्रतिनिधिका निकटका कार्यकर्तालाई जथाभावी विभिन्न पद सिर्जना गरी नियुक्त गरिरहेका छन्।

अधिकांश स्थानीय तहमा कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ। यति मात्रै होइन कार्यालयको सूचना प्रकाशन गर्ने देखि सामान खरिद जथाभावी डोजर, गाडी खरिदमा  राज्यको रकम चरम दुरुपयोग भइरहेको छ।रै जसो स्थानीय तहले महत्वपूर्ण बिषयमा सूचना प्रकाशित गर्नु पर्दा नाम नचलेका,सरोकारवालाले पहुंच राख्नै नसक्ने पत्र पत्रपत्रिकामा सूचना प्रकाशित गरेर निश्चित व्यक्तिलाई मात्र फाईदा पुग्ने गरी बिज्ञापन प्रकाशित गरेर पनि अनियमितता गरिरहेका छन । स्थानीय तहको सूचना प्रकाशन कार्य अपारदर्शी मात्रै होइन एक रुपता समेत छैन । एउटै प्रकारको सूचना छाप्दा तह पिच्छे फरक फरक बिल भुक्तानी हुने गरेको समेत पाईएको छ ।  स्थानीय तहका प्रमुख उपप्रमुख वडा अध्यक्ष देखि कर्मचारी सम्मले  डोजर स्कोभटर किनेर आफैंले प्रयोग गरिरहेका छन् ।