धादिङको गजुरीबाट तीन सय ६० किलो चरेश सहित ३ जना पक्राउ

1469 पटक पढिएको

२७ माघ २०७५, आईतवार १०:३४ सम्पादक: धादिङ न्यूज

धादिङ,२७ माघ – धादिङको गजुरीबाट प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश वरामद गरेको छ । पृथ्वीराजमार्ग हुंदै लुकाई छिपाई भारत तफै लैजांदै गरेको तीन सय ६० किलो ग्राम चरेश सहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटि आएको प्रहरी टोलीले काठमाण्र्डौबाट भारत तर्फ जादै गरेको एसआर ५५ एम ९४८४ नम्वरको भारतिय नम्बरको कन्टेनर आईतबार विहान गजुरी वजारमा रोकेर चेक जाँच गर्दा चरेश फेला परेको हो ।
वरामद गरिएको चरेश सँग भारत उत्तर प्रदेशका ओमप्रकाश, मोतिहारी जिल्लाका गुलाफ खानलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एक जनाको भने परिचय खुल्न सकेको छैन । पक्राउ परेकाहरुलाई उनिहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको जनाएको छ । ट्रक र चरेश ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ । प्रहरीका अनुसार आईतबार विहान पक्राउ परेको लागुऔषध चरेस यो बर्षकै अहिलेसम्मकै सबै भन्दा ठुलो परिमाणको हो ।