चरेश बनाउने पाउडर सहित गजुरी बाट दुई जना पक्राउ
880 पटक पढिएको


लागु औषध चरेस तथा गाँजा नियन्त्रणका लागि बिशेष अभियान संचालन गर्दै आएको धादिङको प्रहरीले विशेष सुराकीको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । मोटरसाईकलमा आएका दुई युवा माथि शंका लागेर खानतलासी गर्दा उनिहरुको साथबाट प्रतिबन्धीत लागु औषध चरेस बनाउन प्रयोग गरिने ९ किलोग्राम पाउडर भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले बताए ।
बा २५ प ५२९३ नम्बरको पल्सर मोटरसाइकलमा पृथ्वीराजमार्गबाट गाउँतर्फ जांदै गरेको अवस्थामा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ सुन्दरनांगीका ३५ वर्षीय विकास तामाङ र सोही स्थानका मोटरसाइकल चालक २१ वर्षीय मनिस लामालाई प्रहरीले लागु औषध वनाउने धुलो र मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ गरिएकादुबै जनालाई लागु औषध नियन्त्रण सम्बन्धी ऐन अनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । यस अघि माघ २७ गते धादिङको गजुरी नजिकैबाट ३ सय ६० किलो चरेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
तस्बिर सौजन्य – इलाका प्रहरी कार्यालय गजुरी