logo

देशभर कार्यरत शिक्षाका श्रोतव्यक्ति हटाईए

2010 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ- –  देशभर कार्यरत श्रोत व्यक्तिहरु हटाईएका छन् । श्रोतव्यक्ति हटाउने सरकारको निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । श्रोतव्यक्तिको सट्टामा विद्यालयहरुमा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई अवकास दिने उक्त परिपत्र मार्फत निर्देशन दिईएको छ । श्रोतव्यक्तिको सट्टामा कार्यरत शिक्षक र अस्थायी श्रोतव्यक्तिहरुलाई  साउन देखि माघ मसान्त सम्मको तलब भत्ता दिएर श्रोतव्यक्तिहरुलाई साविकको पदमा काज फिर्ता गर्न केन्द्रले परिपत्र गरेको हो ।सरकारको यो निर्णयपछि  देशभरका एक हजार ५३ वटा स्रोत केन्द्रका स्रोतव्यक्ति हटने छन् । नयाँ संरचना अनुसार स्थानीय तहमा शिक्षा अधिकृतको दरवन्दी कायम गरिएको छ भने सम्वन्धित पालिका भित्रको बिद्यालयको अगुगमन, व्यवस्थापन तथा तलव पारिश्रमिक खुवाउने जिम्मेवारी पनि स्थानीय तहमा रहेको छ ।

उनीहरुले पाउने तलब भत्ता यकिन गरी माग गर्न र उक्त विवरण प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गरी तलब भत्ता उपलब्ध गराउने प्रवन्ध मिलाउने केन्द्रले जनाएको छ । अहिले सम्म श्रोतव्यक्तिको जिम्मामा रहेका जिन्सी, नगद तथा अन्य कागजातहरुको बुझबुझारथको व्यवस्था मिलाउन पनि केन्द्रले एकाइलाई निर्देशन दिएको छ ।

विद्यालयको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्थानीय तहमा यस्तो प्रकृतीको संरचना र प्राविधिक जनशक्तिको आवश्यकता भएमा स्थानीय तहकै श्रोतबाट गर्न सक्ने भन्ने निर्णय मन्त्रीपरिषद्बाट भएकोले सोको जानकारी स्थानीय तहलाई दिई आवश्यकता अनुसार सहजीकरण गर्न भनिएको छ ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले श्रोत व्यक्तिको उपादेयता नरहेको निष्कर्श सहित प्रतिवेदन बुझाउँदै श्रोत व्यक्ति हटाउन सरकारलाई सिफारिश गरेको थियो ।सरकारले गत फागुन ३ गतेको मन्त्रीपरिषद्बाट श्रोतव्यक्ति हटाउने निर्णय गरेको थियो ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza